सोमबार, असोज १२, २०८३

वाणिज्य बैंकहरूबाट ५१ करोड सीएसआर रकम संकलन हुने

कोभिड–१९ महामारी नियन्त्रणका लागि वाणिज्य बैंकहरुबाट आधा अर्बभन्दा बढी योगदान गर्ने सम्भावना देखिएको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– कोभिड–१९ महामारी नियन्त्रणका लागि वाणिज्य बैंकहरुबाट आधा अर्बभन्दा बढी योगदान गर्ने सम्भावना देखिएको छ।

नेपाल राष्ट्र बैंकले बैंकहरुको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) रकम कोभिड नियन्त्रणका लागि खर्च गर्न पाउने व्यवस्था गरेसँगै वाणिज्य बैंकहरुसँग उक्त शीर्षकमा रहेको रकम कोभिड नियन्त्रणमा खर्च गर्न सकिने भएको हो। 

हाल २७ वटा वाणिज्य बैंक सञ्चालनमा छन्। बैंकहरुले आफ्नो नाफाको १ प्रतिशत अनिवार्य रुपमा सीएसआरको रुपमा छुट्याएर खर्च गर्नुपर्ने प्रावधान छ। वाणिज्य बैंकहरुको २०७७ चैतसम्मको नाफाका आधारमा ५१ करोड ८ लाख ९२ हजार रुपैयाँ सिर्जना हुने देखिन्छ। 

राष्ट्र बैंकमा डा. चीरञ्जीवी नेपाल हुँदा नाफाबाट एक प्रतिशत सीएसआरका रुपमा खर्च गर्नुपर्ने प्रावधान ल्याएका थिए। राष्ट्र बैंकले मंगलबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै सीएसआररको रकमलाई जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यमा खर्च गर्न सकिने व्यवस्था मिलाइने घोषणा गरेको हो। 

हालसम्म सीएसआरको रकम विभिन्न परोपकारी काममा खर्च गर्दै आएका बैंकहरुले अब उक्त रकम अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, जीवन रक्षक भ्याक्सिन, औषधी आदि कार्यमा खर्च गर्न सक्ने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ। यसअघि बैंकरहरुले सीएसआरको रकमबाट अस्पताल बनाउने प्रस्ताव राष्ट्र बैंकमा गरेका थिए। 

चैतसम्मको नाफाका आधारमा सबैभन्दा बढी नबिल बैंकसँग ३ करोड ६७ लाख रुपैयाँ खर्च गर्न सक्ने क्षमता छ। यसैगरी ग्लोबल आइएमई, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य बैंकले क्रमशः ३ करोड ५७ लाख, ३ करोड ४८ हजार र ३ करोड २७ लाख रुपैयाँ सीएसआर अन्तर्गत खर्च गर्न सक्नेछन्।

चैतसम्मको नाफाको आधारमा बैंकहरुले सीएसआरअन्तर्गत खर्च गर्न सक्ने रकम 

।

 

प्रकाशित: May 20, 2021| 04:06 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्