आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामाजिक सुरक्षा कोषलाई अनिवार्य नबनाउन सर्वोच्चको अन्तरिम आदेश

सामाजिक सुरक्षा कोषलाई अनिवार्य नबनाउन सर्वोच्चको अन्तरिम आदेश

सामाजिक सुरक्षा कोषमा जान अब अनिवार्य नहुने भएको छ।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं– सामाजिक सुरक्षा कोषमा जान अब अनिवार्य नहुने भएको छ। सर्वोच्च अदालतले मंगलबार सामाजिक सुरक्षा कोषको विरुद्धमा परेको रिटमा अन्तरिम आदेश जारी गर्दै कोषलाई स्वेच्छिक बनाउन भनेको छ। 

सामाजिक सुरक्षा कोषलाई स्वेचि्छक बनाउनुपर्ने माग राखी बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु गत असार २२ गते कोषविरुद्ध सर्वोच्च गएका थिए। 

सर्वोच्चको अन्तरिम आदेशपछि अब बैंकका कर्मचारीहरु कोषमा आवद्ध हुनका लागि अनिवार्य नहुने भएको हो। न्यायाधीश अनिलकुमार सिन्हाको नेतृत्वमा रहेको कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले कोष विरुद्धको मुद्दामा अन्तरिम आदेश दिने निर्णय गरेको हो। चार दिनको निरन्तर सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। 


प्रकाशित: Aug 03, 2021| 19:18 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्