सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशी पर्यटकलाई सहज रुपमा फर्किने वातावरण बनाउन नाट्टाको माग

विदेशी पर्यटकलाई सहज रुपमा फर्किने वातावरण बनाउन नाट्टाको माग

 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले विदेशी पर्यटकलाई सहज रुपमा देश फर्किन वातावरण निर्माण गर्न माग गरेको छ।

नाट्टाले विज्ञप्ति जारी गर्दै नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमणले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी नागरिक अलपत्र परेको भन्दै फर्किने वातावरण बनाउन माग गरेको हो।

‘नेपाल आएका विदेशी पर्यटक आफ्नो भम्रण सम्पन्न गरी आफ्नो गन्तव्यमा जानलाई रोकिएको अवस्थामा त्यस्ता पर्यटकको विवरण संकलन गरी गन्तव्यको पहिचानगरी कम्तीमा प्रत्येक साता दुई–तीन नियमित उडान गर्नुपर्छ,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

नाट्टाले मे २५ देखि नियमित उडानका लागि अनुमति प्रदान गर्दै उडानबाट आवतजावत गर्ने विदेशी तथा नेपाली नागरिकलाई कोरोना संक्रमणलाई दृष्टिगत गरी पूर्णरुपमा स्वास्थ्य मापदण्ड लागू गर्न आग्रह गरेको छ।

चार्टर्ड उडानमा भाडा महँगो भएको भन्दै नाट्टाले अन्तर्राष्ट्रिय गन्तव्यका लागि चार्टर्ड उडान अनुमति प्रदान नगर्न सरकारको ध्यानाकर्षण गराएको छ।

यता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने बढी भाडा लिएको भन्ने सूचना भ्रमपूर्ण रहेको दाबी गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न देशबाट पर्वतारोहण, पर्यटन, कुटनीतिक प्रयोजनका लागि नेपाल आएर रोकिएका यात्रुलाई गन्तव्य स्थानमा बहिर्गमनका लागि राजदुताबासको अनुरोधमा उडान अनुमति दिइएको जानकारी दिएको छ।

मन्त्रालयले यदि एयरलाइन्सले टिकेटिङमा अनियमितता भएको जानकारी भए मन्त्रालय वा नेपाल नागरिक उड्डयन प्राधिकरणको इमेल ठेगानामा प्रमाणसहित पठाएमा कारबही हुने दावी समेत गरेको छ।

प्रकाशित: May 19, 2021| 11:49 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्