सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भन्सार छुटमा आयात गरिएका स्वास्थ सामग्रीको खुद्रा मूल्य सार्वजनिक गर्नुपर्ने

भन्सार छुटमा आयात गरिएका स्वास्थ सामग्रीको खुद्रा मूल्य सार्वजनिक गर्नुपर्ने

सरकारले विभिन्न किसिमका स्वास्थ सामग्री भन्सार महसुल छुटमा आयात गर्न दिने निर्णय गरेसँगै व्यवसायीले ती वस्तुको खुद्रा मूल्य अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने भएको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– सरकारले विभिन्न किसिमका स्वास्थ सामग्री भन्सार महसुल छुटमा आयात गर्न दिने निर्णय गरेसँगै व्यवसायीले ती वस्तुको खुद्रा मूल्य अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने भएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार सूचना सार्वजनिक गर्दै भन्सार छुटमा आयातित स्वास्थ सामग्रीको खुद्रा मूल्य सार्वजनिक गरेर मात्रै बिक्री वितरण गर्न पाउने जानकारी गराएको हो।

विभागका प्रवक्ता शिवराज सेढाईका अनुसार भन्सार महसुल छुटमा आयातित रेम्डीसिभर औषधि, लगायतका मेडिकल सामग्रीको अनिवार्य रुपमा खुद्रा मूल्य सार्वजनिक गर्नुपर्ने छ।

‘कोभिड १९ बाट संक्रमित विरामीहरुको उपचारका लागि प्रयोग हुने विभिन्न औषधि तथा मेडिकल सामग्री आयात गर्दा भन्सार महसुल लगमयतका सुल्क तथा कर समेत छुट दिई आयात एवं आपूर्ति सहजीकरण गर्ने निर्णय भएको हुँदा आयातकर्ता वितरक तथा विक्रेताले रेम्डीसिभर औषधिको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरी सुलभ रुपमा विक्री वितरणको व्यवस्था मिलाउने’ प्रवक्ता सेढाईले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ।

त्यस्तै अक्सिजन सिलिण्डर, अक्सिजन कनेक्टर, आइसीयू बेड लगायतका अन्य स्वास्थ सामाग्री अधिकतम खुद्रा मूल्य सार्वजनिक गरी सर्वसुलभ रुपमा विक्री वितरणको व्यवस्था मिलाउनुपर्ने पनि उक्त सूचनामा उल्लेख गरिएको छ।

विभागले कर महशुल छुटमा आयात हुने उपरोक्त अनुसारको औषधि तथा स्वास्थ सामाग्रीको मूल्य, गुणस्तर एवंम बिक्री वितरणको अनुगमन कडाईका साथ गरिने प्रतिबद्धता गर्दै ती वस्तुको गुणस्तर परिक्षण गरी अधिकतम खुद्रा मूल्यको जानकारी विभागमा गराउनु पर्ने सूचनामार्फत जानकारी गराएको छ।

प्रकाशित: May 19, 2021| 11:44 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्