सोमबार, असोज १२, २०८३

नेप्से परिसूचक घट्यो तर कारोबार रकममा रेकर्ड

बजार परिसूचक नेप्से १३.०९ अंकले घटे पनि सेयर बजारमा आज बुधबार अहिलेसम्मकै धेरै रुपैयाँको कारोबार भएको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– बजार परिसूचक नेप्से १३.०९ अंकले घटे पनि सेयर बजारमा आज बुधबार अहिलेसम्मकै धेरै रुपैयाँको कारोबार भएको छ।

सेन्सिटिभ सूचक १.०८ अंकले घटेको दिन सेयरबजारमा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँ बढीको कारोबार भएको हो।

यो अहिलेसम्मकै ठूलो परिमाणको सेयर कारोबार हो। यसअघि हिजो २ सय १५ कम्पनीको कुल ११ अर्ब ३५ करोड ९३ लाखको कारोबार भएको थियो, जुन कीर्तिमानी कारोबार थियो। त्यसअघि ०७७ माघ २६ गते सेयरबजारमा १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको थियो। 

आज २ सय १४ वटा कम्पनीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज १ लाख ३२ हजार ३ सय ६९ पटक खरिदबिक्री भएको हो। यसमा २ करोड ५१ लाख २१ हजार कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।

बुधबार कुल १३ मध्ये ५ समूहको सूचक मात्रै उकालो लागेको छ। वाणिज्य बैंक, व्यापार, होटल र पर्यटन, फाइनान्स र म्युचुअल फन्डको सूचक हरियो भएको हो।

लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, अन्य, उत्पादन, निर्जीवन बीमा, जलविद्युत् र विकास बैंकको सूचक राताम्य छन्।

सर्वाधिक कारोबारमा पुनर्बीमा अगाडि छ। उक्त कम्पनीको सर्वाधिक ५५ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसबाहेक नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४५ करोडको, एनएचपीसीको ३० करोडको, राधी जलविद्युतको २९ करोडको, शिखर इन्स्योरेन्सको २२ करोडको कारोबार भएको छ।

आज समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। सेयरधनीले १ सय ५५ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका हुन्।
त्यस्तै रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले ९.९६ प्रतिशत अर्थात् प्रतिकित्ता १०६ रुपैयाँ आम्दानी गरेका छन्।
यता ङादी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले आज धेरै गुमाएका छन्। कम्पनीको सेयर मूल्य ६।८८ प्रतिशतले अर्थात् २४ रुपैयाँ प्रतिकित्ता घाटा व्यहोरेका हुन्।
 

प्रकाशित: May 19, 2021| 11:40 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्