काठमाडौं– नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा रु ५० लाख बराबरका कोविड–१९ उपचार का बेला चाहिने पीपीई लगायतका आवश्यक स्वास्थ्य सामग्री हरु गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई वैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरिएको छ ।
हाल विश्व भरी फैलिँदै गरेको कोरोना भाईरस (कोविड–१९) को संक्रमण रोक्थाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो । यसको मूल उद्देश्य आवश्यकता परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ।
लक्ष्मी हुण्डाईले यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेको छ। लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रु। १ करोड सहयोगका साथै फिभर क्लिनिक स्थापना लागि आर्थिक सहयोग गरेको थियो ।