सोमबार, असोज १२, २०८३

आज स्टार्टअप वर्ल्डकपको नेपाल संस्करणको फाइनल

 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडाै‌- स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनको फाइनल आज बुधबार हुँदै छ। विश्वभरका ६० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिस्पर्धा नेपालमा स्टार्टअप हब नेपालले आयोजना गरेको हो।

अमेरिकी स्याटेलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको सुरुवात गरेको हो।

विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ। नेपालमा भने वल्र्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत वर्ल्डकप नेपाल भित्र्याएको हो।

स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनमा उत्कृष्ट १० स्टार्टअपहरु छनौट भइसकेका स्टार्टहब नेपालले जनाएको छ। १० जनामध्ये उत्कृष्ट एक जनालाई आयोजककै खर्चमा अमेरिकाको सान–फ्रान्सिस्कोमा विश्वव्यापी प्रतिस्पर्धामा सहभागी हुने अवसर मिल्नेछ।

स्टार्टअप वर्ल्डकपको कोअर्डिनेटिङ पार्टनरको रुपमा राष्ट्रिय युवा परिषद् छ। अन्य सह–आयोजकहरुमा क्यान फेडेरेसन नेपाल, आईसीटी एसोसिएसन नेपाल, सीएसआईटी एसोसिएसन नेपाल र रोबोटिक एसोसिएसन नेपाल रहेका छन्।

नेपालका उत्कृष्ट १० स्टार्टअपहरुमा कुल थर्मल इनजी, स्याटेलाइट स्टार्टअप, इन्नोभेटिभ अटोमोबाइललगायत रहेका छन् ।

स्टार्टअप विश्वविजेता बन्न सकेमा एक मिलियन डलर (१२ करोड नेपाली रुपँया बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन्।

प्रकाशित: May 19, 2021| 11:26 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्