सोमबार, असोज १२, २०८३

मोरङका बैंक तथा वित्तीय संस्था जेठ ११ गतेसम्म वन्द

कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल राष्ट्र वैंक प्रादेशिक कार्यालय विराटनगरले मोरङका विभिन्न स्थानबाट सेवा प्रवाह गर्दै आएका सबै बैंक तथा वित्तिय संस्थाहरु जेठ ११ गतेसम्म वन्द गर्न निर्देशन दिएको छ। 
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

विराटनगर– कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल राष्ट्र वैंक प्रादेशिक कार्यालय विराटनगरले मोरङका विभिन्न स्थानबाट सेवा प्रवाह गर्दै आएका सबै बैंक तथा वित्तिय संस्थाहरु जेठ ११ गतेसम्म वन्द गर्न निर्देशन दिएको छ। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटिएम सेवा र अनकल सेवालाई व्यवस्थित गर्न भनेको छ। तर बैंक तथा वित्तीय संस्थाहरुले भने अनलाइन सेवा तथा मोबाइल बैंकिङ कारोबारमा चर्काे शुल्क लिँदै आएको सर्वसाधारणको गुनासो छ।

यसअघि राष्ट्र बैंकले कोरोना महामारीको पहिलो लहरको समयमा बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाइन बैंकिङ तथा मोबाइल बैंकिङमा शुल्क नलिन, एउटा बैंकको एटिएम अर्काे बैंकमा प्रयोग गर्दा थप शुल्क नअसुल्न निर्देशन दिएको थियो। 

मोरङ प्रशासनको आग्रह बमोजिम अत्यावश्यक बैंकिङ सेवाबाहेक अन्य सवै बैंकिङ क्रियाकलाप बन्द जिल्लाभर संचालित बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेकाले जेठ ११ गते सम्म भौतिक उपस्थितिमा हुने बैंकिङ सेवा बन्द गर्न पत्राचार गरिएको नेपाल राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाले बताए। 

स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाई गर्दै आएपनि यसअघि बैंक तथा वित्तीय संस्थाहरु भने आलोपालो गरेर खुल्दै आएका थिए। बैंक तथा वित्तिय संस्थामा भिडभाड बढेर संक्रमणको जोखिम कायमै रहेको भन्दै बैंकलाई भौतिक कारोवार सेवा वन्द गर्न दवाव परेको थियो। 

प्रकाशित: May 19, 2021| 11:23 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्