काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत छुट्याएको कोषको रकम कोरोना नियन्त्रणका विभिन्न गतिविधिमा खर्च गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै सिआरआरको रकमलाई जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यमा खर्च गर्न सकिने व्यवस्था मिलाईने घोषणा गरेको हो।
बैंकहरुले सिएसआर अन्तर्गत कुल नाफाको एक प्रतिशत विभिन्न परोपकारी काममा खर्च गर्दै आएका छन्। राष्ट्र बैंकले सिएसआरको रकम अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टे«टर, जीवन रक्षक भ्याक्सिन, औषधी आदि कार्यमा खर्च गर्न सक्ने व्यवस्था गरिने जनाएको छ।
यसैगरी राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने व्यवस्था गरिने मौद्रिक नीतिको समिक्षामा उल्लेख छ।
यसअघि बैंकरहरुले सिएसआरको रकमबाट अस्पताल बनाउने प्रस्ताव राष्ट्र बैंकमा गरेका थिए।