सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निषेध आदेश अवधिभर बैंकले ग्राहकबाट पेनाल्टी लिन नपाउने

निषेध आदेश अवधिभर बैंकले ग्राहकबाट पेनाल्टी लिन नपाउने

नेपाल राष्ट्र बैंकले निषेध आदेश अवधिभर ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकले निषेध आदेश अवधिभर ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले निषेध आदेश अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गरिने उल्लेख गरेको छ। गत वर्ष लकडाउनको समयमा व्याजमा १० प्रतिशत छुटको साथै व्याजदरमा २ प्रतिशत छुट दिइएको थियो। 

यसैगरी केन्द्रीय बैंकले निषेध आदेशको अवधि र सकिएको एक महिनासम्म कर्जा उठाउने र लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था समेत गरेको छ। निषेध आदेश अवधिभर म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले गर्न सक्ने व्यवस्था मिलाइने समेत मौद्रिक नीतिको समिक्षामा उल्लेख गरिएको छ। 

यसैगरी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्नका लागि बैंकहरुको आधार दरमै कर्जा प्रवाह गर्ने र सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्टको लागि रु. ५० करोडसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि रु. २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने समेत घोषणा गरिएको छ। 

प्रकाशित: May 18, 2021| 10:56 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्