सोमबार, असोज १२, २०८३

सेयर बजारमा अर्को रेकर्ड

सेयर बजारले आज मंगलबार फेरि नयाँ कीर्तिमान कायम गरेको छ। नेप्से सूचक र खरिदबिक्री रकम दुवैमा आज रेकर्ड कायम भएको हो।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– सेयर बजारले आज मंगलबार फेरि नयाँ कीर्तिमान कायम गरेको छ। नेप्से सूचक र खरिदबिक्री रकम दुवैमा आज रेकर्ड कायम भएको हो।

नेप्से सूचक ३४.६८ अंकले बढेर २७९३.८९ विन्दुमा पुगेको छ। यो अहिलेसम्मकै उच्च विन्दु हो। यसैगरी, खरिदबिक्री रकम पनि ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ। यो रकम पनि अहिलेसम्मकै उच्च हो। 

हिजो सोमबार र अस्ति आइतबार पनि बजारमा रेकर्ड कायम भएको थियो। जेठ महिना लागेसँगै बजारमा नयाँ तरंग देखिएको हो। सेयर बजारमा सिजन सुरु भएकाले नेप्से अझै माथि जान सक्ने अनुमान विश्लेषकहरुको छ।

मंगलबार खरिदबिक्री रकम ६७ करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ। दोस्रो र तेस्रोमा क्रमशः नेसनल लाइफ इन्सोरेन्स र अरुण काबेली हाइड्रोपावर छन्। झन्डै ३ दर्जन कम्पनीमा भाउ बढेर सकारात्मक सर्किट ब्रेकर लागेको छ।

होटल तथा पर्यटन, फाइनान्स, हाइड्रोपावर लगायतका समूहमा अधिक आकर्षण देखिएको छ। आज २१५ कम्पनीको २ करोड ३१ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ। 

प्रकाशित: May 18, 2021| 09:45 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्