सोमबार, असोज १२, २०८३

एनआईसी एसिया बैंकले ल्यायो ‘उत्तरदायी’ योजना

 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– एनआईसी एसिया बैंकले  ‘उत्तरदायी बनौं, मोबाइल बैंकिङ गरौं’ योजना सार्वजनिक गरेकोे छ।

एक संस्थागत उत्तरदायी नागरिकको हेतुले आफ्ना ग्राहकहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहनस्वरूप योजना ल्याइएको बैंकले जनाएको छ।

बैंकले सहज, सरल, गतिशील, विश्वसनीय तथा उत्तरदायी पञ्च मूल्य मान्यताको आधारमा आफ्नो बैंकिङ्ग अभ्यास गर्दै ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

यो योजनाअनुसार यस बैंकको मोबाइल बैंकिङ्ग ‘एनआईसी एसिया मोबैंक’ एप प्रयोगकर्ताहरूले इन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो सेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम सय रुपैयाँ नगद फिर्ता प्राप्त गर्न सक्नेछन्।

योजनाअन्तर्गत एक जना ग्राहकवले योजना अवधिभर अधिकतम पाँच सय रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यो योजना २०७८ जेठ २ देखि ३१ गतेसम्म लागू हुनेछ।
 

प्रकाशित: May 18, 2021| 07:49 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्