बिहीबार, मंसिर १८, २०८२

बारामा धारिलाे हतियार प्रयाेग गरी दुई बालकको हत्या

कलैया उपमहानगरपालिका–७ रम्पुरटोलमा दुई बालकको हत्या भएको छ। हत्या गरिएका दुवै बालक अब्दुल गफर अन्सारीका ९ वर्षीय छोरा अरमान अन्सारी र ७ वर्षीय रहमान अन्सारी हुन्।
 |  मंगलबार, जेठ ४, २०७८

जियालाल साह

जियालाल साह

मंगलबार, जेठ ४, २०७८

National life
Laxmi sunrise bank
kumari

पर्सा– कलैया उपमहानगरपालिका–७ रम्पुरटोलमा दुई बालकको हत्या भएको छ। हत्या गरिएका दुवै बालक अब्दुल गफर अन्सारीका ९ वर्षीय छोरा उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारी हुन्।

उनीहरुको शव मंगलबार बिहान टोलमा निर्माणाधीन  मदरसा नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले बताए। उनीहरू घरबाट सोमबार साँझ हराएका थिए। दुवै बालकलाई धारिलो हतियार प्रयोग गरिएको प्रहरीको भनाइ छ।

अब्दुल गफर वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। ती बालककी आमा मीना खातुन जितपुरस्थित फुपूको घरमा गएकी थिइन्। सोमबार साँझ जितपुरबाट फर्किंदा दुवै छोरा घरमा नरहेपछि प्रहरीलाई खबर गरिएकाे थियो। खाेजीका क्रममा मंगलबार बिहान शव भेटिएको डीएसपी मिश्रले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ। 

प्रकाशित: May 18, 2021| 05:29 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।