बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण 

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण भएको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण भएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा होम आइसोलेसनमा रहेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते आरटी पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको ओलीले बताए।  

कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गरिएको थियो। मुख्यमन्त्री भट्टकी आमा शारदा भट्टको वैशाख २३ गते मृत्यु भएको थियो।

डोटीको केआईसिंह गाउँपालिका–६,पलेडीस्थित घरमै निधन भएपछि आमाको दाहसंस्कारका लागि मुख्यमन्त्री भट्ट त्यहाँ गएका थिए।

प्रकाशित: May 17, 2021| 11:09 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।