बुधबार, भदौ १०, २०८३

विराटनगरमा थप ६ कोरोना संक्रमितको मृत्यु

विराटनगरमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

विराटनगर – विराटनगरमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नोबेल शिक्षण अस्पताल विराटनगर पाँच पुरुषको मृत्यु भएको छ। सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको बिहान ५ बजेतिर मृत्यु भएको हो। उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो।

सप्तरीको कन्चनपुरका ४५ वर्षीय पुरुषको बिहान ८:४५ बजेतिर मृत्यु भएको जानकारी प्रबन्धक दाहालले दिए। कोरोना संक्रमण पुष्टि भएका उनलाई उपचारका लागि बैशाख ३१ गते अस्पताल भर्ना गरिएको थियो।

विराटनगर–४ का ४५ वर्षीय पुरुषको बिहान ४:२० बजेतिर नोबेलमै मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि जेठ १ गते शनिबार अस्पताल भर्ना गरिएको जानकारी दाहालले दिए।

सुनसरीको इनरुवा नगरपालिका–१ का ६२ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ। उनलाई उपचारका लागि बैशाख २३ गते अस्पताल भर्ना गरिएको थियो। वृद्धको मृत्यु बिहान ६ बजेतिर भएको दाहालले बताए।

उदयपुर कटारीका ७४ वर्षीय वृद्ध पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ। दाहालका अनुसार उनको मृत्यु आइतबार राति १०:३० बजेतिर भएको हो। कोरोनाका कारण अवस्था गम्भीर रहेका वृद्धालाई उपचारका लागि बैशाख २५ गते अस्पताल भर्ना गरिएको उनको भनाइ छ। 

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहान ३:३० बजे विराटनगर महानगरपालिका–१८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी अनुपम राजवंशीले बताए। 

प्रकाशित: May 17, 2021| 06:39 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।