काठमाडौं - नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न सरकारी अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू सहयोग गरेको छ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल थापाथली, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, छत्रपाटी निःशुल्क अस्पताललाई पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पञ्जा, भिटामिन सी ट्याबलेट, सिटामोल ट्याबलेटलगायत स्वास्थ्य सामग्री गरेको हो।
चेम्बरले कोभिड–१९ को दोस्रो लहरका कारण उत्पन्न स्वास्थ्य संकट समाधानका लागि विपद् व्यवस्थापन समितिका सभापति एवं कार्यसमितिका उपाध्यक्ष दीपककुमार मलहोत्राको संयोजकत्वमा ‘नेपाल चेम्बर कोभिड–१९ केन्द्रीय व्यवस्थापन समिति’ गठन गरी विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ।
उक्त अभियानअन्तर्गत बिरामीहरूको बढी चाप हुने सरकारी अस्पतालहरूमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरिएको चेम्बरले जनाएको छ।