बुधबार, भदौ १०, २०८३

रहेनन् प्राध्यापक राजेन्द्र सुवेदी

कोरोना संक्रमणका कारण प्राध्यापक राजेन्द्र सुवेदीको निधन भएको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं । कोरोना संक्रमणका कारण प्राध्यापक राजेन्द्र सुवेदीको निधन भएको छ। शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा उपचाररत सुवेदीको सोमबार बिहान ५ बजे निधन भएको प्रज्ञा प्रतिस्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले बताएका छन्।

'प्राध्यापक राजेन्द्र सुवेदीको आज मिति २०७८ जेठ ३ गते सोमवार बिहान ५ बजे कोरोना संक्रमणबाट ७६ वर्षको उमेरमा निधन भएको समाचारले स्तब्ध र मर्माहत छु,' उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

कोरोना संक्रमण भएसँगै बैशाख तेस्रो हप्ता उनी अस्पताल भर्ना भएका थिए। वरिष्ठ समालोचक, निबन्धकार तथा कवि सुवेदी त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख रहेका थिए।

त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक थिए ।

 

प्रकाशित: May 17, 2021| 03:52 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।