बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले कार्यदल आजैदेखि काम थाल्ने, त्यसअघि ओली पक्षले आन्तरिक छलफल गर्दै

एमाले कार्यदल आजैदेखि काम थाल्ने, त्यसअघि ओली पक्षले आन्तरिक छलफल गर्दै

नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलले आजैदेखि काम अघि बढाउने भएको छ। 
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं - नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलले आजैदेखि काम अघि बढाउने भएको छ। 

अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट कार्यदल संयोजक रहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए।

‘कार्यदलले तुरुन्त काम थाल्छ। तर, त्यसअघि पहिले आपसमा हामी छलफल गर्छौ,’उनले भने,‘नेताहरूसँग आपसमा कुराकानी गरेर सबै तयार गरेपछि तुरुन्त कार्यदलले काम अघि बढाउँछ।’ उनले कार्यदलले पार्टी एकतामा केन्द्रीत भएर काम गर्ने जानकारी दिए। 

आइतबार एमाले अध्यक्ष केपीशर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको छलफलपछि विवाद समाधान गर्न कार्यदल गठन गरिएको हो। कार्यदल गठन भए लगत्तै माधव झलनाथ पक्षको स्थायी कमिटीका नेताहरुको छलफल भएको थियो। छलफलले कार्यदलका सदस्यहरूलाई २०७५ जेठ २ लाई नै मुख्य आधार बनाएर प्रस्तुत हुन निर्देशन दिएको थियो। 

कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट एमाले संसदीय दलका नेता सुवास नेम्बाङ, सदस्यहरूमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल रहेका छन्। त्यस्तै माधव झलनाथ पक्षबाट भीम रावल, सदस्यहरुमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजि पन्त छन्।

प्रकाशित: May 17, 2021| 02:27 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।