बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिक कोरोना खोपबाट वञ्चित हुने अवस्था नआओस्  : कांग्रेस

नागरिक कोरोना खोपबाट वञ्चित हुने अवस्था नआओस्  : कांग्रेस

नेपाली कांग्रेसले कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था  आउन नदिन सरकारसँग माग गरेको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– नेपाली कांग्रेसले कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था  आउन नदिन सरकारसँग माग गरेको छ। पार्टीले यथाशीघ्र आवश्यक आयात गरी समयमा खोप दिने व्यवस्था गर्न माग गरेको हो।

कांग्रेसले ज्येष्ठ नागरिकलाई पहिलो खोप दिइए पनि हालसम्म दोस्रो मात्र दिन बाँकी रहेकाले यथाशक्य चाँडो दिने व्यवस्था गर्न पनि माग गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई टेलिफोन गरी यस्तो माग गरेका हुन्।

नेता खाणले कोभिड–१९ रोकथाम, न्यूनीकरण तथा उपचारका सन्दर्भमा पनि मन्त्री त्रिपाठीको ध्यानाकर्षण गराएका थिए।उनले  तत्काल अक्सिजन सिलिन्डर आयात गर्नेदेखि उत्पादक कम्पनीलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्नसमेत अनुरोध गरेको कांग्रेस संसदीय कार्यालयले जनाएको छ। 

प्रकाशित: May 16, 2021| 16:46 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।