सुर्खेत– कर्णाली प्रदेशमा आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सुर्खेतका सीताकुमारी नेपाली र रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा मन्त्री नियुक्त भएका छन्। उनीहरु दुवैजना माओवादी केन्द्रका सांसद हुन्। सीताकुमारी नेपाली आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री र गोपाल शर्मा आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका छन्।
यद्यपि उनीहरु गत बुधबार नै नियुक्ति भएका थिए। उनीसँगै बुधबार मन्त्रीमा नियुक्त सुर्खेतका सांसद विन्दमान विष्टको पद भने पाँच दिनमै गएको छ। मुख्यमन्त्री कार्यालयका अनुसार नेपाली कांग्रेग्रसले सरकारमा सहभागी हुन दुई मन्त्रालय मागेपछि विष्ट पछि हटेका हुन्।