बुधबार, भदौ १०, २०८३

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल/मट्टितेल र हवाई ईन्धनको खुद्रा मूल्यमा रु.२ ले वृद्धि गरेको हो।

वृद्धि गरेको मूल्यसँगै अब पेट्रोल प्रतिलिटर १२३ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर १०६ रुपैयाँ र हवाई इन्धन ७८ रुपैयाँ पुगेको छ। एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

निगमले भारतीय आयल निगमको स्वचालित मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ।
यसपछि पनि निगमलाई पेट्रोलमा रु. ८।५६, डिजेलमा प्रतिलिटर ४।४६ तथा एलपी ग्यासमा प्रति सिलिण्डर ३७५।१३ रुपैयाँ घाटा रहेको जनाएको छ।

निगमले यसअघि गत वैशाख ४ गते पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि गरेकाे थियाे।

No description available.

प्रकाशित: May 16, 2021| 14:38 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।