बुधबार, भदौ १०, २०८३

कोरोनाबाट गुल्मीमा २४ घण्टामा ११ जनाको मृत्यु

दोस्रो चरणको कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

तम्घास- दोस्रो चरणको कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ। शनिबार दिउँसो ३ बजेदेखि आइतबार दिउँसो ३ बजेसम्म तम्घास, पाल्पा, होम आइसोलेसन, स्याङ्जा, काठमाडाैं, चितवन, बुटबललगायत स्थानमा गरी ९ पुरुष र २ महिलाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड–१९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए।

गुल्मीमा दोस्रो चरणको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ। जिल्लामा अहिलेसम्म कुल १ हजार १८६ जना संक्रमित भएका छन्।

जसमध्ये ९३४ सक्रिय छन्। सक्रिय संक्रमितमध्ये ८८४ जना होम आइसोलेसनमा छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म जिल्लाका कूल २०६ संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कार्कीले बताए।

यसैबीच कोरोना संक्रमणका कारण आज दाङमा एकै दिन सातकोे मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार अक्सिजनको अभावका कारण तीन जनाको उपचारका क्रममा, तीनको होमआइसोलेशनमा र एकको बाटोमै मृत्यु भएको कोभिड फोकल पर्सन कमल चन्दले जानकारी दिए।

लमही–६ का ५९ वर्षीय पुरुष, घोराही–९ का ३० वर्षीय पुरुष र घोराही–९ का ६९ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ। त्यस्तै तुलसीपुर–१६ का ७८ वर्षीय पुरुषको मेट्रो अस्पताल तुलसीपुरमा, घोराही–१४ का ७४ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डी र घोराही–१८ का ७० वर्षीया महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको चन्दले जानकारी दिए।

घोराही–१४ का ६४ वर्षीय पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ। दाङमा कोरोना संक्रमण दर बढ्दै गएको र  हालसम्म २ हजार ९८० सक्रिय संक्रमित रहेको र ५ हजार ८५१ जना संक्रमण मुक्त भएको चन्दले जानकारी दिए। उनका अनुसार जिल्लामा हालसम्म १४७ जनाको मृत्यु भएको छ। रासस

प्रकाशित: May 16, 2021| 14:25 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।