शनिबार, कात्तिक १५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीका ४ मन्त्री सांसद पद पुनर्वहालीको माग गर्दै सर्वोच्चमा

लुम्बिनीका ४ मन्त्री सांसद पद पुनर्वहालीको माग गर्दै सर्वोच्चमा

सांसद पद गुमाएका लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीले पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट निवदेन दर्ता गराएका छन्।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

बुटवल- सांसद पद गुमाएका लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीले पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट निवदेन दर्ता गराएका छन्।

Kumaribank

पदमुक्त हुनुअघि जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य रहेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले सर्वोच्चमा रिट दर्ता गराएका हुन्।

गत वैशाख १९ गते नै उनीहरुले सर्वोच्चमा पद पुनर्वहालीको माग गर्दै निवेदन दिएका थिए। तर कोरोना र बन्दीप्रत्यक्षीकरण बाहेकका रिट दर्ता नहुने सर्वोच्चको निर्णयका कारण पेश मात्रै भएको थियो। तर, आइतबार भने सर्वोच्चले ४ सांसदको रिट निवेदन दर्ता गराएको छ।

सर्वोच्च अदालतको पूर्ण इजलासले वैशाख ३१ गते संवैधानिक विषयवस्तु जोडिएका र नागरिकको हक अधिकारसँग जोडिएका अन्य खालका निवेदन लिने निर्णय गरेसँगै रिट दर्ता भएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध गत वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै ४ जना मन्त्री भएका थिए।

मन्त्री भएका ४ जनालाई जसपाका उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकको बहुमतले निर्णय गरेर पदमुक्त गरेको थियो। यो निर्णयसँगै जसपामा विवाद थप चुलिएको थियो।

Metro Mart

अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पदमुक्त गर्ने निर्णय नगरेको दाबी गर्दै आएका थिए। ठाकुर पक्षको समर्थन भएकाले आफूहरुको पदमुक्त नभएको दाबीसहित ४ जना पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत पुुगेका हुन्। उक्त रिटमा सोमबार सुनुवाइ हुनेछ।

प्रकाशित: May 16, 2021| 13:28 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।