सोमबार, असोज १२, २०८३

कोरोना कोषमा सिद्धार्थ बैंकको १० लाख 

प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोषमा सिद्धार्थ बैंक प्रदेश कार्यालय विराटनगरले १० लाख रुपैयाँ सहयोग गरेको छ।  
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

विराटनगर- प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोषमा सिद्धार्थ बैंक प्रदेश कार्यालय विराटनगरले १० लाख रुपैयाँ सहयोग गरेको छ।  

सिद्धार्थ बैंक प्रदेश कार्यालयका प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई  १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे। दैवी विपत्ति परेका बेला बैंकले विभिन्न समयमा सरकारलाई नगद सहयोग प्रदान गर्दै आएको बस्नेतले बताए।

कोरोना महामारी नियन्त्रणको लागि गत वर्ष पनि बैंकले प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको बस्नेतले बताए।

सहयोग हस्तान्तरण कार्यक्रममा सिद्धार्थ बैंक विराटनगर शाखाका प्रबन्धक सूर्यप्रसाद शर्मा, आन्तरिक मामिला तथा कानून सचिव राजेन्द्रकुमार पौडेलको लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: May 13, 2021| 12:58 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्