सोमबार, असोज १२, २०८३

साताको अन्तिम दिन १० अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजारमा हरियाली छाएको छ। यसदिन सेयर बजार परिसूचक (नेप्से) १०.१३ अंकले बढेर २६८४.०१ मा पुगेको छ। 
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजारमा हरियाली छाएको छ। यसदिन सेयर बजार परिसूचक (नेप्से) १०.१३ अंकले बढेर २६८४.०१ मा पुगेको छ। 

बिहीबार सबैभन्दा बढी कमाउने कम्पनीहरुमा दिव्यश्वरी हाइड्रोपावर र समता घरेलु लघुवित्त कम्पनी छन्। ती कम्पनीका लगानीकर्ताले बिहीबार १० प्रतिशतले कमाएका छन्। त्यसैगरी १० प्रतिशतको हाराहारीमा कमाउने कम्पनीहरुमा विशाल बजार कम्पनी, रुरु जलविद्युत, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स छन्।

त्यस्तै जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत, खानीखोला हाइड्रोपावर, बेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, र युनियन हाइड्रोपावरले पनि १० प्रतिशतकै हाराहारीमा कमाएका छन्। 

गुमाउने कम्पनीहरुमा रिडी हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, छ्याङ्दी हाइड्रोपावर, सिभिल लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन्। ती कम्पनीहरुको सेयर मूल्य यसदिन २ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।

बिहीबार दिनभर २१८ वटा कम्पनीको २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता सेयर ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २ सय ८० रूपैयाँमा कारोबार भएको छ। सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको नेप्सेले जनाएको छ। यसदिन सो कम्पनीको ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। 

प्रकाशित: May 13, 2021| 10:17 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्