शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ७५० स्थानीय तहमा पुग्यो बैंकिङ सुविधा, यी हुन् बैंक नपुगेका ३ स्थानीय तह

७५० स्थानीय तहमा पुग्यो बैंकिङ सुविधा, यी हुन् बैंक नपुगेका ३ स्थानीय तह

सबै स्थानीय तहमा बैंक पुर्‍याउनुपर्ने राष्ट्र बैंकको नीतिअनुसार हालसम्म ७५० स्थानीय तहमा बैंक पुगेका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

vianetvianet

काठमाडौं- सबै स्थानीय तहमा बैंक पुर्‍याउनुपर्ने राष्ट्र बैंकको नीतिअनुसार हालसम्म ७५० स्थानीय तहमा बैंक पुगेका छन्।

चालू आर्थिक वर्ष २०७७/०७८ को ९ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले ७५० स्थानीय तहमा बैंक पुगेको जानकारी गराएको हो।

राष्ट्र बैंकका अनुसार हालसम्म बझाङको काँडा गाउँपालिका, धादिङको रुवीभ्याली गाउँपालिका र जाजररकोटको जुनीचाँदे गाउँपालिकामा बैंक पुगेको छैन।

यी तीनवटै स्थानीय तहमा बैंक पुग्ने क्रममा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। राष्ट्र बैंका अनुसार सुदूरपश्चिममा ८८ स्थानीय तहमध्ये ८७ मा, कर्णालीमा ७९ मध्ये ७८ मा र बागमतीका ११९ मध्ये ११८ स्थानीय तहमा बैंकिङ सुविधा पुगेको छ।

प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनीका सबै स्थानीय तहमा बैंकिङ सुविधा पुगेको राष्ट्र बैंकको भनाइ छ। प्रदेश १ मा १३७, प्रदेश २ मा १३६, गण्डकीमा ८५ र लुम्बिनीमा १०९ स्थानीय तह छन्।

प्रकाशित: May 13, 2021| 08:52 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्