आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने जिम्मेवारी ओलीलाई

असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने जिम्मेवारी ओलीलाई

नेकपा एमालेले राष्ट्रिय राजनीति र पार्टीभित्रका असन्तुष्ट पक्षको मागका बारेमा छलफल गरेर टुंगो लगाउने अधिकार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पिएको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८
nespernesper

बीपी अनमोल

बीपी अनमोल

बिहीबार, वैशाख ३०, २०७८

vianetvianet

काठमाडौं– नेकपा एमालेले राष्ट्रिय राजनीति र पार्टीभित्रका असन्तुष्ट पक्षको मागका बारेमा छलफल गरेर टुंगो लगाउने अधिकार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीको माधव–झलनाथ पक्षले उठाएका माग सम्बोधन गर्ने लगायतका विषयमा निर्णय गर्ने जिम्मेवारी ओलीलाई दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

triton college

‘पार्टीभित्र र राष्ट्रिय राजनीतिमा पनि देखा पर्ने परिस्थितिका सन्दर्भमा आवश्यक छलफल गर्ने अधिकार अध्यक्षलाई दिइएको छ,’ उनले भने, ‘यस बीचमा आवश्यक केही निर्णय गर्नुपरे अध्यक्षले नै गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको हो।’ माधव–झलनाथ पक्षले उठाएका मागका विषयमा निर्णय गर्ने अधिकार पनि अध्यक्षलाई नै दिएको उनले जानकारी दिए। 

नेतृत्वको पक्षमा दृढतापूर्वक उभिएका पूर्वमाओवादी केन्द्रका नेताहरुको योगदान अवमूल्यन हुने गरेर कुनै पनि निर्णय नहुने उनले स्पष्ट पारे। अन्य विषयमा छलफल गरेर जान तयार रहेको प्रवक्ता ज्ञवालीको भनाइ छ।

बैठकले वरिष्ठ नेता माधव नेपालसहित चारजना नेताको निलम्बन फुकुवा गरेको छ। निलम्बन फुकुवा गरिएका नेतामा वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्य भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे छन्। एमालेले यी चार नेतालाई ६ महिनाका लागि निलम्बन गरेको थियो।  एमालेले वरिष्ठ नेता नेपालसहित चार नेतालाई  चैत १६ गते निलम्बन गरेकाे थियाे। 

प्रकाशित: May 13, 2021| 05:54 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।