शनिबार, वैशाख २७, २०८२

अक्सिजन वितरणमा समन्वय नहुँदा तीन संक्रमितको मृत्यु

नेसनल मेडिकल कलेजले बाबा होटलमा बनाएको आइसोलेसनमा उपचार गराइरहेका तीन जनाको मंगलबार राति अक्सिजन अभावमा ज्यान गएको हो।
 |  बुधबार, वैशाख २९, २०७८
nespernesper

जियालाल साह

जियालाल साह

बुधबार, वैशाख २९, २०७८

vianetvianet

पर्सा– पर्सामा कोरोना संक्रमित तीन जनाको अक्सिजन नपाएर मृत्यु भएको छ। नेसनल मेडिकल कलेजले बाबा होटलमा बनाएको आइसोलेसनमा उपचार गराइरहेका तीन जनाको मंगलबार राति अक्सिजन अभावमा ज्यान गएको हो। अक्सिजन प्लान्ट र प्रशासनबीच समन्वय नहुँदा ती बिरामीले समयमै अक्सिजन नपाएको गुनासो उनीहरुका आफन्तले गरेका छन्।

triton college

सिलिन्डरमा अक्सिजन सकिनुअघि नै नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले ट्याक्टरमा खाली सिलिन्डरर राखेर नेसनल अक्सिजन प्लान्टमा भर्न पठाएका थिए। तर प्लान्टले प्रशासनको आदेशअनुसार भर्न नमिल्ने भन्दै सिलिन्डर फिर्ता पठाइदिएको थियो। अक्सिजन अभावले आइसोलेसनको आईसीयूमा उपचाररत तीन जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

बाबा होटलमा बनाइएको आइसोलेसनमा नेसनल मेडिकल कलेजका चिकित्सकको टिमले बिरामीको उपचार गरिरहेका छन्। अस्पतालले अक्सिजनको व्यवस्था बिरामी आफैंले गर्नुपर्ने भनेको छ। सक्नेले व्यक्तिगत जोहो गर्छन् भने भने पहुँच नभएका बिरामीलाई अक्सिजनको जोहो गर्न निकै कठिन हुने गरेको छ। 

नेसनल मेडिकल कलेजले सरकारसँग बाबा होटलमा बनाइएको आइसोलेसनमा पीसीआर पोजेटिभ भएका बिरामीलाई मात्र उपचार गराउने सम्झौता गरेको छ। तर उक्त आइसोलेसनमा अस्पतालले कोरोना संक्रमण पुष्टि नभएका बिरामीको पनि उपचार गराइरहेको छ। यसले गर्दा अक्सिजन आपूर्तिमा थप असहज हुने भन्दै संक्रमितका आफन्तले चिन्ता व्यक्त गरेका छन्।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सराबगीले माग र आपूर्तिको चेन ब्रेक हुन नदिन प्लान्टलाई अक्सिजन नपठाउन भनेको जानकारी दिए। उनले भने, ‘हामीले सिलिन्डर नदिउन्जेल पठाउन नमिल्ने भनेका थियौं।’ 

National life insurance

व्यवसायीले भने नेसनल अक्सिजन, हिमाल अक्सिजन र मधु अक्सिजन उद्योगले पर्याप्न आपूर्ति गरिरहेको बताएका छन्। तर बिरामीका आफन्त भने समयमै अक्सिजन पाउन नसकेको दुःखेसो व्यक्त गर्छन्। एक आफन्तले भने, अहिलेसम्म अक्सिजन आइनपुगेकाले यहाँ उपचाररत बिरामी जोखिममा छन्।

महानगर प्रमुख सरावगीले भने, ‘महानगरका संक्रमितलाई बचाउन हामीले अक्सिजन दिएका छौँ। सहमतिअनुसार निजी अस्पतालले अझै सिलिन्डर फिर्ता गरेका छैनन्।’ सिलिन्डर फिर्ता नपठाएपछि अभाव भएको उनको भनाइ छ। उनी भन्छन्, ‘सिलिन्डिर फिर्ता नपठाउन्जेल अक्सिजन नदिन प्रशासनसँग सहमति भएकाले समयमै उपलब्ध गराउन नसकेको हौं।’ 

महानगरपालिकाले ९४ जनालाई अक्सिजन सिलिन्डर उपलब्ध गराइसकेको छ। अहिले महानगरपलिकासँग आवश्यक मात्रामा सिलिन्डर जगेडामा रहेको सरावगीले बताए। 

प्रकाशित: May 12, 2021| 10:15 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।