सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टप ५० क्यान्टार ब्राण्ड जी चाइनिज ग्लोबल ब्राण्ड बिल्डर्समा ओप्पो छैटौं स्थानमा

टप ५० क्यान्टार ब्राण्ड जी चाइनिज ग्लोबल ब्राण्ड बिल्डर्समा ओप्पो छैटौं स्थानमा

 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं– शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्तरुपमा प्रकाशित दि टप ५० क्यान्टार ब्राण्ड्जी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१ र्‍यांकिङ रिपोर्ट सार्वजनिक गरिएको छ।

सो रिपोर्टमा ओप्पो आउटस्ट्यान्डिङ चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डरका रुपमा छनोट हुँदै छैटौं स्थानमा पर्न सफल भएको छ।

विकसित बजारहरुमा ओप्पोको ब्राण्ड पावरमा सन् २०१८देखि निरन्तर वृद्धि हुँदै ३० प्रतिशतभन्दा बढीको कम्पाउण्ड ग्रोथ रेट हात पार्दै आएको छ। उदीयमान बजारहरुमा आउटस्ट्यान्डिङ ब्राण्ड पावरका साथमा दोस्रो स्थान प्रदान गरिएको छ।

अग्रणी ग्लोबल स्मार्ट डिभाइस ब्राण्डका रुपमा लगातार ५ वर्षदेखि ओप्पो सूचीमा सम्मिलित रहँदै आएको छ। साथै, कम्पनीको र्‍यांकिङ प्रभावशाली उपलब्धि र विश्वबजारमा बढ्दो ब्राण्ड प्रभावका कारण निरन्तर उत्कृष्टता उन्मुख रहँदै आएको छ।

कार्यक्रममा उदीयमान बजारहरुमा अवसरको अन्वेषण शीर्षकमा बोल्दै ओप्पोका ग्लोबल सिनियर ब्राण्ड डिरेक्टर डेरेक सनले भने, ‘सूचीमा ओप्पोले यस्तो सम्मानित श्रेणी पाउँदा हामी निकै उत्साहित छौँ। विदेशी बजार प्रवेश गरिरहेका चिनिया ब्राण्ड मध्य ओप्पोले सधै उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्दै तत्परताका साथ तिनका लागि नवप्रबर्तनात्मक उत्पादनहरु पस्किँदै आइरहेको छ। ब्राण्ड मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’लाई मूर्तता दिँदै हामी उपभोक्ताको जीवनमा उत्कृष्टता प्रदान गर्दै ब्राण्ड प्रभाव बढाउँदै लाने छौँ।’
 

प्रकाशित: May 12, 2021| 06:58 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्