सोमबार, असोज १२, २०८३

स्मार्ट टेलिकमकाे बोनस अफर

स्मार्ट टेलिकमले निषेधाज्ञा अवधीमा आफ्ना ग्राहकको जीवन सहज बनाउने उद्देश्यले आकर्षक अफर ल्याएको छ। स्मार्ट ग्राहकले रिचार्जमा ४ गुणा सम्म बोनस पाउनेछन्।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं– स्मार्ट टेलिकमले निषेधाज्ञा अवधीमा आफ्ना ग्राहकको जीवन सहज बनाउने उद्देश्यले आकर्षक अफर ल्याएको छ। स्मार्ट ग्राहकले रिचार्जमा ४ गुणा सम्म बोनस पाउनेछन्।

यस अफर अन्तर्गत प्राप्त बोनस ग्राहकहरुले स्मार्ट नेटवर्क भित्र डाटा, भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकहरुले प्राप्त बोनस यस कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारहरुसँग नियमित सम्पर्क गर्नको लागि प्रयोग गर्न सकिनेछ। बोनस ब्यालेन्स नियमित मूल्यमा काटिनेछ।

यस अफर लकडाउन अवधिभर मात्र लागू हुनेछ। स्मार्टका ग्राहकहरुले स्मार्ट वेजपेज वा इ–पेमेन्ट पार्टनरहरु इ–सेवा,फोन पे, खल्ती, आइएमइ पे, कनेक्ट आईपीएस,  इनेटपे, पेप्वाइन्ट नेपाल मार्फत लककडाउन अवधिमा सुरक्षित रही घरबाटै पनि अनलाइन रिचार्ज गर्न सक्छन्।
 

प्रकाशित: May 12, 2021| 06:57 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्