सोमबार, असोज १२, २०८३

नेप्से २७.४७ ले बढेर दुई हजार ६७३.३१ मा पुग्याे

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक मंगलबार २७.४७ बिन्दुले उकालो लागेर दुई हजार ६७३.३१ मा पुगेको छ। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित भए पनि धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकलाई असर गरेको छैन। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक मंगलबार २७.४७ बिन्दुले उकालो लागेर दुई हजार ६७३.३१ मा पुगेको छ। 
कारोबार रकमसमेत झन्डै छ अर्ब बराबर भएको छ। कुल २२० कम्पनीको एक करोड आठ लाख १९ हजार ५३५ कित्ता सयर पाँच अर्ब ८१ करोड छ लाख ७३ हजार ७१ मूल्यमा खरिदबिक्री भएका छन्।
कारोबार भएका १३ वटै उपसमूहको सेयर उकालो लागेको छ। जीवन बिमा, व्यापार र निर्जीवन बिमा कम्पनीको सेयरमा सबैभन्दा बढी वृद्धि भएको छ। जीवन बिमा २६७.१८, व्यापार २२१.६७ र निर्जीवन बिमा १७६.४८ बिन्दुले उकालो लागेको छ। 
बैंकिङ ३.३८, होटल तथा पर्यटन २३.१९, विकास बैंक १५.२३, जलविद्युत् २१.०७, वित्त १७.४९, उत्पादन १३९.७, अन्य ५३.१३, लघुवित्त ६५.१२, सामूहिक लगानी कोष ०.०२ र लगानी १.४९ बिन्दुले उकालो लागेको छ।

मंगलबारको वृद्धिपछि बजार पुँजीकरण समेत पुनः उच्च बिन्दुमा पुगेको छ। नेप्सेका अनुसार कुल ३७ खर्ब नौ अर्ब पाँच करोड ६८ लाख ७४ हजार ५०६ बराबरको बजार पुँजीकरण भएको छ। 

अर्थतन्त्रका अन्य क्षेत्र समस्यामा परेका बेला मुलुकको सेयर बजारले भने सकारात्मक दिशा निर्देश गरेको छ।

नेप्सेका अनुसार मंगलबार बोटलर्स नेपाल तराई र रुरु जलविद्युत् कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। ती कम्पनीको सेयर क्रमशः १० र ९.९७ प्रतिशतले वृद्धि भए। युनाइटेड मोदी ९.९१, गुह्यश्वरी मर्चेन्ट बैंक ९.८८ र समता घरेलु लघुवित्तका लगानीकर्ताले ९.०५ प्रतिशतले कमाए।

यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएर नकारात्मक सर्किट लाग्यो। लिबर्टी इनर्जी २.९९ र वरुण हाइड्रोपावरका लगानीकर्ताले २.१८ प्रतिशतले गुमाए।
कारोबारका आधारमा नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७६ करोड ६५ लाख ३४ हजार ४१८ बराबरको कारोबार भयो। यस्तै अपि पावर २० करोड २३ लाख ७० हजार ३८१ र शिवम् सिमेन्ट १६ करोड २२ लाख ७० हजार ४२९ बराबरको कारोबारर भई शीर्ष स्थानमा रहे। रासस

प्रकाशित: May 11, 2021| 13:44 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्