सोमबार, असोज १२, २०८३

शुक्रबार पनि चेक क्लियरिङ हुने

अब शुक्रबार पनि चेक क्लियरिङ (साटिएर खातामा जम्मा हुने) हुने भएको छ।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– अब शुक्रबार पनि चेक क्लियरिङ (साटिएर खातामा जम्मा हुने) हुने भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई सूचना जारी गरी शुक्रबार पनि चेक क्लियरिङका लागि निर्देशन दिएको हो। 

राष्ट्र बैंकले इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी) सञ्चालनसम्बन्धी व्यवस्था परिवर्तन गरेर शुक्रबार पनि क्यिरिङ हुने व्यवस्था गरेको हो। यसअघि एक बैंकको चेक अर्को बैंकमा लगेर जम्मा गर्दा शुक्रबार भने क्लियरिङ हुँदैनथ्यो।

अबदेखि शुक्रबारका लागि ११ः३० बजे एक्सप्रेस क्लियरिङ र १२ः३० बजे नियमित क्लियरिङ सत्र सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। अब शुक्रबार मध्यान्ह १२ बजेसम्म बैंकमा जम्मा गरेको चेक त्यसै दिन क्लियरिङ हुनेछ। 
 

प्रकाशित: May 11, 2021| 12:27 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्