सोमबार, असोज १२, २०८३

निषेध आदेश भएको एक सातामा १६ अर्ब ऋण प्रवाह

कोरोना महामारीका कारण विभिन्न जिल्लामा निषेध आदेश जारी रहे पनि वाणिज्य बैंकहरुमा कर्जाको माग बढेको छ
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– कोरोना महामारीका कारण विभिन्न जिल्लामा निषेध आदेश जारी रहे पनि वाणिज्य बैंकहरुमा कर्जाको माग बढेको छ। वैशाख १६ पछि अधिकांश जिल्लामा निषेध आदेश जारी छ। बजार सुनसान छ। उद्योग, व्यापार र शिक्षण संस्था बन्द छन्।  

नेपाल बैंकर्स संघ अनुसार गत वैशाख १७ देखि २४ गतेसम्म देशभरका वाणिज्य बैंकबाट १६ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको छ। सोही अवधिमा निक्षेप १० अर्ब रुपैयाँले बढेको छ। बढेको निक्षेप र कर्जामध्ये क्रमशः ५ र ४ अर्ब विदेशी मुद्रा रहेको संघले जनाएको छ । वाणिज्य बैंकसँग ३९ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप र ३६ खर्ब ९ अर्ब रुपैयाँ कर्जा प्रबाह भइरहेको छ। अघिल्लो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब र कर्जा ११ अर्ब रुपैयाँले वृद्धि भएको थियो। 

वैशाख पहिलो सातता वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब र कर्जा ८ अर्ब रुपैयाँले कम भएको बैंकर्स संघको तथ्यांकमा उल्लेख छ। 
पछिल्लो समयमा विदेशी मुद्रामा गएको ऋणको परिमाण सामान आयातका लागि देखिएको संघले जनाएको छ। यस अवधिमा बैंकहरुको आन्तरिक ऋण भने प्रवाह हुन सकेको छैन। 
 

प्रकाशित: May 11, 2021| 08:13 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्