सोमबार, असोज १२, २०८३

प्रभु सेलेक्ट फण्डको निष्काशन जेठ ५ बाट

 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– प्रभु क्यापिटलले प्रभु सामूहिक लगानी कोष अन्तर्गत प्रभु सेलेक्ट फण्डको प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको छ । आगामी जेष्ठ ५ गतदेखि फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । 

१ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन हुन लागेको उक्त फन्डको  व्यवस्थापन प्रभु क्यापिटलले गर्नेछ । उक्त योजनाको कोष प्रवर्धक प्रभु बैंक रहेको छ । उक्त योजना बन्दमुखि योजना रहेको व्यवस्थापक प्रभु क्यापिटलले जनाएको छ ।  

उक्त योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म शेयरमा लगानी गर्ने छ । निष्काशित कुल इकाईमध्ये कोष प्रवर्धक प्रभु बैंकले १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात १० लाख इकाई गरी कूल १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ ।

बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा लगानी गर्न इच्छुक लगानीकर्ताले ५ गते बाट छिटोमा जेठ ९ गतेभित्र आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ १९ गतेसम्म इकाई बिक्री खुला रहने छ ।
 

प्रकाशित: May 11, 2021| 07:18 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्