सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अत्यावश्यक गाडीको आकस्मिक मर्मतका लागि सिप्रदीको टोल फ्री नम्बर

अत्यावश्यक गाडीको आकस्मिक मर्मतका लागि सिप्रदीको टोल फ्री नम्बर

 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– कोभिड १९ नियन्त्रणको लागि भएको निषेधाज्ञामा आकस्मिक सेवा पुर्याउँदै आएका गाडीहरुको मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा सिप्रदीले टोल फ्री नम्बरमा उपलब्ध गराएको छ । 

निषेध आदेशमा सिप्रदीको सबै शाखाहरु बन्द भए पनि राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिइरहेको कम्पनीले जनाएको छ । सिप्रदीबाट एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरुलाई सेवा कम्पनीले विज्ञप्ती जारी गर्दै जनाएको छ ।

अहिलेको अवस्थामा कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा, सिप्रदीको टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिनेछ । अत्यावश्यक सेवा प्रदान गरिरहेका गाडीहरुलाई २४ औ घण्टा सेवा प्रवाह हुने र त्यसको लागि टोल फ्रि नम्बर १६६००१५५७७७  वा ९८०१५७५७७७ मा सम्पर्क गर्न अनुरोध सकिने कम्पनीले जनाएको छ ।
 

प्रकाशित: May 11, 2021| 07:16 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्