काठमाडौं- सरकारले ट्रमा सेन्टरका बिरामीलाई वीर अस्पताल र जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा व्यवस्थापन गर्ने निर्णय गरेको छ।
शनिबारको मन्त्रीपरिषद्ले ट्रमा सेन्टरलाई कोभिडका बिरामीको मात्रै उपचार गर्ने निर्णय गरेपछि त्यहाँका बिरामीलाई अन्यन्त्र व्यवस्थापन गर्न लागिएको हो।
त्यसलगतै राष्ट्रिय ट्रमा सेन्टरलाई सरकारले कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको आइतबारको बैठकले सो निर्णय गरेको हो।
शनिबारको मन्त्रिपरिषद्को निर्णयले ट्रमा सेन्टरमा २०० शैया कोभिडका बिरामीको लागि बेड सञ्चालन गरिने निर्णय गरेको थियो।