शनिबार, पुस ५, २०८२

टेकुमा बेड भरिएपछि संक्रमितलाई बाहिरै राखेर उपचार

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमतिलाई बाहिरै राखिएर उपचार गरिएको छ।
 |  आइतबार, वैशाख २६, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमतिलाई बाहिरै राखिएर उपचार गरिएको छ। अस्पतालका सबै बेड भरिभराउ भएपछि बिरामीलाई बाहिरै राखेर उपचार गराउन थालिएको निर्देशक सागरराज भण्डारीले जानकारी दिए।

National life

उनले भने, ‘अस्पतालको एचडीयूमा ३३ बेड र आईसीयूमा २४ बेड छन्। ती सबै भरिएका छन्। अहिले २९ जनालाई बाहिरै राखेर उपचार गराइरहका छाैं। अब बाहिरै पाल टाँगेर उपचार गर्ने तयारीमा छौं।’

उनका अनुसार केही दिनदेखि बिरामीको असाध्यै चाप बढेको छ। उनले भने, ‘संक्रमित बिरामी निरन्तर आइरहेका छन्। भएका बेड सबै भरिए। त्यसैले बाहिरै राखेर उपचार गराउनुपरेको हो।’ यस्तो अवस्था कहिलेसम्म रहन्छ केही भन्न नसकिने उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 09, 2021| 09:25 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।