सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ बाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं - नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ बाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।

आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ।

कोभिड–१९ का कारण गम्भीर बिरामीहरू अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो। 

हाललाई काठमाडौं उपत्यकाभित्रका अस्पताल जानुपर्ने बिरामीहरूले एम्बुलेन्स सेवा लिन सक्ने छन्। 

एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नम्बर ०१–५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोबाइल नम्बर ९८५१२१६०३९ मा सम्पर्क गर्न सकिने छ। 

प्रकाशित: May 09, 2021| 07:54 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्