सोमबार, असोज १२, २०८३

साताको पहिलो दिन सुनको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। 
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो। 

त्यस्तै तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदी १ हजार ३ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

प्रकाशित: May 09, 2021| 07:24 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्