काठमाडौं– एनसेल आजियटा लिमिटेडले कोभिड–१९को अवस्थामा उपभोक्ताहरुको लागि उपभोक्तामैत्री राहत अफर ल्याएको छ। एनसेलले आफ्ना ग्राहकको लागि तीन वटा अफर ल्याएको छ। एनसेलले ल्याएको पहिलो अफर अन्तर्गत प्रत्येक रिचार्जमा बोनस डेटा उपलव्ध गराउने छ।
यो अफर अन्तर्गत ग्राहकले ५० रुपैयाँ वा सोभन्दा माथिको हरेक रिचार्जमा ५० एमबीदेखि एक हजार एमबी डेटा बोनसमा पाउनेछन्।
एनसेलले सय रुपैयाँभन्दा तलको रिजार्चमा एक दिनको लागि ५० एमबी, त्यस्तै पाँच सय भन्दा मुनी सय रुपैयाँको रिचार्जमा १०० एमबीकै फरकको डेटा प्याक दिने एनसेलले जनाएको छ। एनसेलका अनुसार ५०० रुपैयाँभन्दा कम रुपैयाँमा ३०० एमबी डेटासम्म ग्राहकले पाउनेछन्। त्यसैगरी ५०० रुपैयाँदेखि ९९९ रुपैयाँको रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा १००० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा ग्राहकले १००० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन्।
त्यस्तैगरी ग्राहकले ३० दिने डेटा प्याकमा डबल डेटा प्याकको अफर पनि सार्वजनिक गरेको छ। एनसेलका अनुसार गत बैशाख २१ गतेदेखि सन्चालनमा आएको यो अफरबाट ग्राहकले ग्राहकले कर सहित २४९ रुपैयाँमा ३ दशमलब ५ जीबी डेटा लिन सक्छन् र त्यति नै डेटा भोल्युम बोनस अर्थात कुल ७ जीबी डेटा पाउँछन् । त्यस्तै ४९९ रुपैयाँमा १० जीवी डेटका र डलव बोनस गरी २० जिवी डेटा पाउनेछन् । तेस्रो अफर अन्तर्गत एनसेलले वर्क फ्रम होम ल्याएको छ ।
यस अफर अन्तर्गत ग्राहकले कर सहित मात्र ३१ रुपैयाँमा २ जीबी एप डेटा प्राप्त गर्छन र उक्त डेटा भोल्युम मार्फत माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मीट जस्ता प्लेटफर्म बिहान ६ बजे देखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ ।
यसका साथै ग्राहकले १५० एमबी अल टाइम डेटा पनि प्राप्त गर्दछन् । त्यस्तै साप्ताहिक प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र १२७ रुपैयाँमा १४ जीबी एप डेटा तथा ३ जिबी अल टाइम डेटा प्रयोग गर्न सक्ने एनसेलले विज्ञप्ति जारी गरी जनाएको छ ।