काठमाडौँ- अर्थमन्त्री डा युवराज खतिवडाले तालिका बनाएर बजेटको कार्यान्व्यन गर्ने बताएका छन् । बजेट कार्यान्वयन नहोला की भनेर आशंका नगर्न आग्रह गर्दै उनले तालिका बनाएर बजेट कार्यान्व्यन गर्ने बताएका हुन् ।
नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा राजधानीमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७५÷०७६ को बजेटले बजेट घाटालाई निश्चित सीमाभित्र राख्ने कोशिश गरेको स्पष्ट पारे । उनले मुलुकको हितका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।
उनले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरी मुलुकमा चार लाख जनतालाई रोजगारी दिने कुरामा सरकार लागेको बताए । कार्यक्रममा अर्थ मन्त्रालय राजश्व सचिव शिशिरकुमार ढुंगानाले महिला उद्यम विकासका लागि सरकारले प्राथमिकता दिएको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४