आइतबार, असोज ११, २०८३

एनएमबी बैंकको २ अर्बको ऋणपत्र जारी

एनएमबी बैंकले यही जेठ २ गतेदेखि ८ प्रतिशत व्याजदरमा ऋणपत्र जारी गर्ने भएको छ। 
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं- एनएमबी बैंकले यही जेठ २ गतेदेखि ८ प्रतिशत व्याजदरमा ऋणपत्र जारी गर्ने भएको छ। 

बैंकले १० बर्षको लागि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। बैंकले जारी गरेको २ अर्ब रुपैयाँको ऋणपत्रमध्ये एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र ‘प्राइभेट प्लेसमेन्ट’ बाट बिक्री गर्ने बैंकले जनाएको छ। 

बैंकका अनुसार ऋणपत्रमा आवेदन दिने म्याद छिटोमा ५ र ढिलोमा १६ गते राखेको छ। एक हजार रुपैयाँ अंकित मूल्य रहेको सो बैंकको ऋणपत्रका लागि कम्तीमा २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ बराबरको आवेदन दिनुपर्नेछ। 

ऋणपत्रमा राखिएको रकमको ब्याज भने प्रत्येक ६÷६ महिनामा भुक्तानी गर्नुपर्ने छ। साँवाको हकमा भने ऋणपत्र परिपक्व भएपछि भुक्तानी हुने बैंकले जनाएको छ। 

बाँकी ८० करोडको ऋणपत्रमध्ये ४ करोडको सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ भने बाँकी ७४ करोड ऋणपत्र मात्र सर्वसाधारणले खरिद गर्न पाउने छन्।

प्रकाशित: May 07, 2021| 13:47 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्