बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ सरकारले दिएका भेन्टिलेटर भोलिदेखि प्रयोगमा आउने

प्रदेश २ सरकारले दिएका भेन्टिलेटर भोलिदेखि प्रयोगमा आउने

प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरधामलाई दिएका ८ वटा नयाँ भेन्टिलेटर शनिबारदेखि प्रयोगमा आउने भएका छन्।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

जनकपुरधाम- प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरधामलाई दिएका ८ वटा नयाँ भेन्टिलेटर शनिबारदेखि प्रयोगमा आउने भएका छन्। प्रादेशिक अस्पताल जनकपुरधाममा रहेका ५ वटै भेन्टिलेटर बिग्रिएपछि प्रदेश सरकारले ८ वटा नयाँ भेन्टिलेटर अस्पताललाई उपलब्ध गराएको छ। 

प्रदेश सरकारले उपलब्ध गराएका ८ वटै भेन्टिलेटर जडानको काम शुक्रबार सम्पन्न हुने प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरीटेण्डेन्ट डा. प्रमोद यादवले जानकारी दिए। 

मेडिकल सुपरीटेण्डेन्ट यादवले भने, ‘अस्पतालमा भेन्टिलेटर नभएर ठूलै समस्या भएको छ, प्राविधिकहरु प्रदेश सरकारले उपलब्ध गराएका ८ वटा नयाँ भेन्टिलेटर एकै साथ जडान गर्ने काम भइरहेको छ।’ उनले अगाडि भने, ‘अबेर रातिसम्म सबै भेन्टिलेटर जडान गर्ने कम पुरा हुन्छ, शनिबार बिहानैदेखि सञ्चालनमा ल्याइने छ।’

यसअघि प्रादेशिक अस्पताल जनकपुरधाममा ९ वटा भेन्टिलेटर थिए। जसमध्ये ५ वटा बिरामीलाई प्रयोग गर्न सकिने र बाँकी ४ वटा ट्रान्सपोर्ट भेन्टिलेटर थिए। ५ वटा भेन्टिलेटरमध्ये ३ वटा भेन्टिलेटर पहिलेदेखि नै बिग्रिएका थिए भने एउटा यस वर्ष कोभिड अस्पताल सञ्चालनमा आएपछि बिग्रिएको थियो। बाँकी रहेको एउटा भेन्टिलेटर पनि बिहीबार बिरामीलाई राखेको केही घण्टामै बिग्रिएको थियो। 

बिग्रिएका भेन्टिलेटर मर्मत गर्न पार्ट्सहरु नेपाली बजारमा उपलब्ध नरहेकाले समस्या भइरहेको मेसु यादवले बताए। उनले भने, ‘भेन्टिलेटरको पाइपहरुमा प्वाल परेका छन्, ती पाटर््सहरु यहाँ उपलब्ध छैनन्, भारतबाट मगाउन पनि अहिले समस्या भइरहेको छ।’  

प्रादेशिक अस्पतालमा अहिले ३१ वटा बिरामीलाई अक्सिजनसहित राखिएको छ। जसमध्ये १९ जना बिरामीलाई आईसीयूमा राखिएको छ भने ५ जना बिरामी बेडको पर्खाइमा छन्।

प्रकाशित: May 07, 2021| 11:19 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।