बिहीबार, भदौ ११, २०८३

अन्डरवर्ल्ड डन छोटा राजनको कोरोनाबाट मृत्यु

अन्डरवर्ल्ड डन भनेर चिनिने छोटा राजनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं– अन्डरवर्ल्ड डन भनेर चिनिने छोटा राजनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

भारतको तिहाड जेलमा रहेका राजनलाई संक्रमण देखिएपछि उपचारका लागि एम्स अस्पताल भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अप्रिल अन्तिम सातादेखि राजनको स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गर्दा कोरोना पोजेटिभ देखिएको थियो। अन्डरवर्ल्ड डन छोटा राजनमाथि हत्या, अपहरण र अपराधका गरी ७० भन्दा बढी मुद्दा दर्ता छन्। उनलाई मुम्बईका पत्रकार ज्योतिर्मय डे को हत्यामा दोषी करार गर्दै अदालतले जन्मकैदको सजाय सुनाएको थियो।

सन् १९९३ मा भएको सिरियल मुम्बई बम ब्लास्टमा पनि राजनलाई दोषी करार गरिएको थियो। छोटा राजनको  वास्तविक नाम राजेन्द्र निकालेज हो। सन् २०१५ मा उनलाई इन्डोनेसियामा समातेर भारत ल्याइएको थियो।

राजनको अदालतमा मुद्दाको पेशी चल्दै थियो। उनलाई कोरोना भाइरसको संक्रमण देखिएपछि भिडियो कन्फ्रेन्समा सहभागी नगराई अस्पताल लगिएको थियो।
 

प्रकाशित: May 07, 2021| 11:17 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।