काठमाडौं– बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेच प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रमुख आयुक्तसमेत रहेका बस्न्यातले आफूलाई थुनामुक्त गराइ पाउँ भनी दायर गरेको रिटमा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको थियो।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा पार्न संलग्न भएको आरोप लगाउँदै बस्न्यातविरुद्ध अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गरी मुद्दा दर्ता गरेको थियो।
उक्त मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। डिल्लीबजार कारागार चलान भएका उनी हाल कोरोना संक्रमण भएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन्।


