बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य मन्त्रालयले भन्यो– तत्काल ५० लाख डोज खोप खरिद गर्न सकिँदैन

स्वास्थ्य मन्त्रालयले भन्यो– तत्काल ५० लाख डोज खोप खरिद गर्न सकिँदैन

स्वास्थ तथा जनसंख्या मन्त्रालयले थप ५० लाख डोज कोभिसिल्ड खोप तत्काल खरिद गर्ने अवस्था नरहेको जनाएको छ। 
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं– स्वास्थ तथा जनसंख्या मन्त्रालयले थप ५० लाख डोज कोभिसिल्ड खोप तत्काल खरिद गर्ने अवस्था नरहेको जनाएको छ। 

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै भनेको छ, ‘औषधी व्यवस्था विभागको आपतकालिन प्रयोगका लागि अनुमति प्राप्त कोभिसिल्ड खोप २० लाख डोज ४ डलरमा खरिद गरिएको मध्ये १० लाख प्राप्त गरिसकिएको छ। भारतको सिरम इन्स्टिच्युट इन्डियाले नेपाललाई खोप दिन प्राथमिकतामा राखेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार हुनेबित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ।’

नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कूटनीतिक तथा अन्य माध्यमबाट समेत प्रयास गरिरहेको सूचनामा उल्लेख छ। साथै मन्त्रालयले कोभिसिल्ड खोप खरिदबारे प्रकाशित समाचारहरूको सन्दर्भमा गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ। कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैँले निर्णय गर्ने भएकोले स्वास्थ्य मन्त्रालय संलग्न नहुने मन्त्रालयले स्पष्ट पारेको छ।
 

प्रकाशित: May 07, 2021| 09:53 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।