पोखरा– सत्तारुढ दल नेकपा (एमाले) विभाजको संघारमा पुगेका बेला गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षले एमाले जोगाउन आव्हान गरेका छन्। आज शुक्रबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले यस्तो आव्हान गरेका हुन्।
‘कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मूल्यमान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मासात् गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकतावद्ध भई नेकपा (एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्ति जारी गर्ने जिल्ला अध्यक्षहरुमा कृष्णबहादुर थापा कास्की, सूर्यप्रसाद शर्मा (पारस) स्याङ्जा, केदार सिग्देल तनहुँ, धनन्जय दवाडी लमजुङ, प्रेमबहादुर गुरुङ गोरखा, पदम गिरी पर्वत, इन्द्रलाल सापकोटा बाग्लुङ, हरिकृष्ण श्रेष्ठ म्याग्दी, चन्द्रमोहन गौचन मुस्ताङ, पाल्देन छोपेन गुरुङ मनाङ र रोशन गाहा नवलपुर छन्।
