बिहीबार, भदौ ११, २०८३

झापाको गाडी भाडा ४५ सयसम्म असुल्ने पक्राउ

प्रहरीले यात्रुसँग बढी गाडी भाडा असुल्ने तीन जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं– प्रहरीले यात्रुसँग बढी गाडी भाडा असुल्ने तीन जनालाई पक्राउ गरेको छ।

कोराना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेध आदेशको फाइदा उठाउँदै व्यवसायीले यात्रुलाई ठग्दै बढी भाडा लिएको पाइएपछि महानगरीय प्रहरी ट्राफिक प्रहरीले उनीहहरुलाई पक्राउ गरेको हो।

उपत्यकामा जारी गरिएकोे निषेध आदेशपछि वैदेशिक रोजगारबाट फर्किने र अत्यावश्यक काम परी उपत्यका छाड्नेहरुबाट बढी भाडा असुल्ने तीन काउन्टरका कर्मचारीलाई प्रहरीले गौशाला र कोटेश्वरबाट  नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षिय कृष्ण देवकोटा, झापा गौरीदहका ४२ वर्षिय खड्ग बहादर भण्डारी र गौेशालाबाट दोलखा सिंगटीका ३४ वर्षिय राम सुरेल रहेका  छने।

काठमाडौंदेखि पूर्व झापा मोरङ जाने यात्रुसँग प्रतिव्यक्ति ३ हजारदेखि ४५ सयसम्म भाडा असुलेका इन्द्रणी हाइसको काउन्टरबाट सुरेल पक्राउ परेका हुन। पक्राउ परेका सुरेललाई प्रहरी वृत गौशाला र अन्य दुई जनालाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग कोटेश्वर पठाएको छ।

व्यवसायीले विभिन्न बहाना बनाई विदेशबाट आएका र कामले उपत्यका छाड्नेहरुसँग बढी भाडा असुल्ने ६ जनालाई पक्राउ गरिसकेको छ। व्यवसायीले यात्रुसँग बढी भाडा लिएमा र सार्वजनिक यातायातसम्बन्धी कुनै गुनासो भए प्रहरीले हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित: May 07, 2021| 08:20 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।