काठमाडौं– राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको स्थापना दिवसको अवसर पारेर सरकारले आज शुक्रबार पछिल्ला दुई वर्षको पत्रकारिता पुरस्कार घोषणा गरेको छ।
पुरस्कार पाउनेमा देशभरका १६ जना पत्रकार छन्। आठ जनाले २०७६ सालको र आठ जनाले २०७७ वर्षको पुरस्कार पाउन लागेका हुन्।
२०७६ सालतर्फ धरानका हर्ष सुब्बा र मरणोपरान्त शुकदेव नेपाल अर्थात् अग्निशिखालाई र २०७७ सालको रघु मैनाली र शार्दुल भट्टराईलाई वरिष्ठ पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। उक्त पुरस्कारको राशि जनही २ लाख रुपैयाँ छ।
त्यसैगरी १ लाख राशीको राष्ट्रिय पत्रकारिता पुरस्कार उजिर मगर, मातृका पौडेल, शेषराज दाहाल, संगीता खड्का, हेमन्त बिक र शीतल साहलाई दिइने भएको छ। दीलिप थापा मगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नीतु पण्डित र पुनम पौडेल पनि यो पुरस्कारबाट पुरस्कृत हुँदैछन्।
