गुल्मी - गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
चट्याङबाट मुसिकोट नगरपासिलका–४ दजाकोटकी १८ वर्षीय करिश्मा गाहाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सोही ठाउँका उजीरबहादुर गाहा र भीम श्री गाहाको घरमा चट्याङ पर्दा घाइते भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो।
चट्याङमा परी घाइते भएका अन्य आठ जनाको तम्घास अस्पतालमा उपचार भइरहेको छ।
